कोशीको बालुवामा ६० किलो गाँजा गाडिएको अवस्थामा

कोशीको बालुवामा ६० किलो गाँजा गाडिएको अवस्थामा

सप्तरीमा ठूलो परिमाणमा गाँजा फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका १, कोशी ब्यारेजमा ६० केजी बेवारिसे गाँजा फेला परेको बताइएको छ । ब्यारेजबाट दक्षिणतर्फ कोशी बाँधको दुई सय मीटर तल्लो छेउमा रहेको बालुवामुनि गाँजा गाडिएको सूचना पाएपछि सोही आधारमा खोजतलास अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायव उपरीक्षक र इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले बालुवामा गाडेको ६० केजी गाँजा बरामद गरेको हो । 

यस विषयमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू