बलात्कार गर्नेबाट क्षतिपूर्ति असुल,१३ वर्ष ६ महिना जेल

बलात्कार गर्नेबाट क्षतिपूर्ति असुल,१३ वर्ष ६ महिना जेल

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाँचथरले फालेलुङ गाउँपालिका–७ का ४५ वर्षीय रत्नमान राईलाई १३ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

योसंगै कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतीले बताउनु भयो ।  न्यायाधीश टेकेन्द्र दाहालको  इजलासले उक्त आदेश गरेको हो । 

बालिकालाई आरोपितले ०७७ साउन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले ०७७ साउन १५ गते घरबाट पक्रेर भदौ २ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहनराज भट्टराईको भदौ २ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

टिप्पणीहरू