कागती खोलामा तीन नाल भरुवा बन्दुक बेवारिसे फेला

कागती खोलामा तीन नाल भरुवा बन्दुक बेवारिसे फेला

पूर्वी रुकुम प्रहरीले तीन नाल भरुवा बन्दुक बरामद गरेको छ । भुमे गाउँपालिका-३ कागती खोलाबाट ति बन्दुक फेला पारेर प्रहरीले बरामद गरेको हो ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कागती खोलाको जंगलभित्र बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको जनाएको छ ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

टिप्पणीहरू