खुला मैदानमा लगेर यौटी महिलालाई बलात्कार गर्ने तीन जना समातिए

खुला मैदानमा लगेर यौटी महिलालाई बलात्कार गर्ने तीन जना समातिए

२९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङका तीनजना समातिएका छन् । घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो । 

उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको  खाली जग्गामा लगेर जबरजस्ती करणी गरेको उजुरी परेपछि अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले आज पक्राउ गरेको बताइएको छ । 

प्रहरीका अनुसार आरोपित तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
 

टिप्पणीहरू