बारामा गाँजाको बोरा बरामद

बारामा गाँजाको बोरा बरामद

बारामा लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जितपुर उपमहानगरपालिका- १० का ५६ वर्षीय दशै मुखिया हिजो बिहान ८ केजी गाँजासहित समातिएका हुन् ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उनलाई रमौलीबाट नियन्त्रणमा लिएको बताएको छ । प्रहरीका अनुसार रमौलीबाट नितनपुरतर्फ पैदल जादैँ गरेका उनको जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला परेको हो । 

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू