काठ भेटियो, चोर फरार

काठ भेटियो, चोर फरार

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ दशधुरे टोलमा चोरीको काठ फेला परेको छ । डिभिजन वन कार्यालय, बाराअन्तर्गत सेक्टर वन कार्यालय र सामुदायिक वनको संयुक्त गस्तीले ठूलो परिमाणमा काठ भेटाएको हो । 

गोप्य सूचनाका आधारमा खटिएको टोलीले केही दिनदेखि निरन्तर खोजतलास गर्दै आएको थियो । सोही क्रममा उक्त स्थानमा सञ्चालित हुलास स्टील नजिकै रहेको शान्ति शाहको जग्गाबाट काठ भेटिएको कार्यालयले जनाएको छ । 

सत्ती सालका गोलाईबाट बनाउँदै गरिएको फर्निचर, तार, काठ चिर्ने मेशिन बरामद गरेको कार्यालयले जानकारी दिएको छ । काठ चोर भने फरार रहेको बताइएको छ ।

टिप्पणीहरू