गोरखामा मिनी ट्रक दुर्घटना : दुईको निधन (अपडेट)

गोरखामा मिनी ट्रक दुर्घटना : दुईको निधन (अपडेट)

गोरखामा आज दिउँसो भएको मिनी ट्रक दुर्घटनामा अर्का एक जनको पनि ज्यान गएको छ । दुर्घटनामा हालसम्म दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ट्रकका मालिक तथा चालकको घटनास्थलमा मृत्यु भएको पुष्टि भएको छ । उनी गोरखा आरुघाटका ३७ वर्षीय उमेश श्रेष्ठ हुन् । 

विपरित दिशाबाट आएको मोटरसाइकलमा सवार दोलखाका ३२ वर्षे विष्णु खड्काको पनि निधन भएको बताइएको छ । उनकोे चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य छ जना घाइतेलाई पनि थप उपचारको निम्ति भरतपुर पठाइएको छ ।

प्रदेश–३–०१–००३ क ६१७० नम्बरको फलफूल बोकेको मिनी ट्रकले बा.८६ प १७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर पैदल यात्रुलाईसमेत सडकबाट करिब २० मिटर तल पुर्याएको घटनास्थलमा देखिन्छ ।
 

टिप्पणीहरू