राजाको जन्मोत्सवको भोलिपल्टै टोकियोमा यौनदासीको कुरा उठ्ने

राजाको जन्मोत्सवको भोलिपल्टै टोकियोमा यौनदासीको कुरा उठ्ने

दक्षिण कोरियाका राष्ट्रपति र जापानका प्रधानमन्त्रीबीच १२ वर्षपछि पहिलो पटक भेटवार्ता हुन लागेको छ । उनीहरुबीच केहीबेरमा राजधानी टोकियोमा औपचारिक भेटवार्ता हुन लागेको हो ।

अमेरिकी सुरक्षा छाताभित्र रहेका पूर्वी एसियाली यी दुई मुलुकबीचको सम्बन्ध लामो समयदेखि हार्दिकतापूर्ण छैन । औपचारिक वार्ता गर्न दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल भर्खरै टोकियो पुगेका छन् । 

राष्ट्रपति युन र जापानी समकक्षी  फुमिओ किसिदा दुबै जना सम्बन्ध सुधारमा अघि बढिरहेका छन् । जापानले सन् १९१० देखि दोस्रो विश्वयुध्दको अन्त्यसम्म दक्षिण कोरियालाई आफ्नो उपनिवेश बनाएको थियो । उक्त समयमा जापानी सेनाले कोरिया र कोरियाली नागरिक विशेषगरी महिलामाथि ठूलो अत्याचार र दमन गरेको आरोप लाग्दै आएको छ । कोरियाली पुरुषलाई बँधुवा मजदुर महिलालाई यौनदासी बनाइएको पीडाका कारण ती मुलुकबीच तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको हो ।
 

टिप्पणीहरू