मुलुकको अर्को पूरानो विमानस्थलको स्तरोन्नति थालियो

मुलुकको अर्को पूरानो विमानस्थलको स्तरोन्नति थालियो

नेपाल नागरिक उड्डयन प्राधिकरणले मुलुकको सबैभन्दा पूरानो विमानस्थलको स्तरोन्नति गर्ने भएको छ । चितवनको मेघौली विमानस्थल मर्मतसम्भारका लागि प्राधिकरणले बोलपत्र आह्वान गरेको छ ।

सन् १९६१ मा स्थापना भएको विमानस्थलमा धावनमार्गको स्तरोन्नति र तारबारलगायत कार्य गरिने प्राधिकरणले जानकारी दिएको छ । सो कार्यको निम्ति प्राधिकरणले आज बोलपत्रका आह्वान गरेको छ । 

नेपाली बोलपत्रदाताहरुले आगामी वैशाख ६ गतेभित्र आवेदन दिन सक्नेछन् । उनीहरुले अनलाइनमार्फत आवेदन दिनुपर्ने जनाइएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको विमानस्थलमा मर्मतसम्भार थालिने भएपछि स्थानीय खुशी देखिएका छन् । 

वि.सं २०६७ देखि बन्द रहेको विमानस्थललाई २०७३ मा पुनः सुचारु गरिएको थियो । विमानस्थल सुचारु भएपछि त्यहाँ थुप्रै व्यापार व्यवसाय सञ्चालनमा छन् । यसले चितवनमा पर्यटन पूर्वाधार बढाउन सहयोग पुर्याएको बताइन्छ ।

योसँगै भोजपुर विमानस्थल र बाराको सिमरा विमानस्थलमा पनि मर्मतसम्भारको काम थालिने सोही सूचनामा उल्लेख छ । भोजपुर विमानस्थलमा टर्मिनल भवन निर्माण गरिने र सिमरामा ड्रेनेज फेर्ने, भवन मर्मत गर्नेलगायत काम उल्लेख छ ।
 

टिप्पणीहरू