हिमाल आरोहण सिजनको प्रारम्भमा दुःखद् खबर

हिमाल आरोहण सिजनको प्रारम्भमा दुःखद् खबर

सगरमाथा आरोहणमा गएका तीन जना आरोही बेपत्ता भएका छन् । आज बिहान साढे ९ बजेदेखि उनीहरु बेपत्ता भएको बताइएको छ । 

हराएकामा आरोहीहरु द छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिती शेर्पा हुन् । पर्यटन विभागका अनुसार उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका हुन् । 

विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले सिम्रिक एयरको हेलिकप्टरले बेपत्ताको खोजी गरिरहेको जानकारी दिए । उनीहरुको उद्धारमा प्राविधिक टोलीसमेत खटिएको छ ।

टिप्पणीहरू