‘राजनीतिक व्यवस्था खतरामा पर्न लाग्यो’
गुल्मी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ का प्रदेशसभा सदस्य दिनेश पन्थीले मुलुकमा देखिएको राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता जोगाउन नेपाली काँग्रेस, एमाले, माओवादीलगायत मुख्य राजनीतिक शक्तिबीच सहकार्य अनिवार्य रहेको बताएका छन् । मुलुकमा राजनीतिक र आर्थिक परिवर्तनलाई संस्थागत गर्न काँग्रेस एमालेलगायत मुख्य दलहरुको विगतको सहकार्यको उनले स्मरण गरेका छन् ।
पछिल्लो समय मुख्य राजनीतिक दलहरुबीच बढेको खिचातानीले विगतका उपलब्धी खतरामा पर्न लागेको पन्थीको भनाइ छ । खिचातानीको मौका छोपेर एजेण्डाविहीन र परिवर्तन नचाहने शक्तिले टाउको उठाउन थालेको उनले बताए ।
गुल्मी सिर्सेनी समाज रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा पन्थीले राजनीतिक दलहरुले शासकीय व्यवस्था र संघीयताप्रति जनतामा उत्पन्न पछिल्लो असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसके वर्तमान व्यवस्था खतरामा पर्ने प्रदेशसभा सदस्य पन्थीको निचोड छ ।
टिप्पणीहरू