पूर्वप्रधानमन्त्री पत्नी बिहानै धनगढी, प्रधानमन्त्री पुत्री भर्खर भरतपुर

पूर्वप्रधानमन्त्री पत्नी बिहानै धनगढी, प्रधानमन्त्री पुत्री भर्खर भरतपुर

भरतपुर महानगरका मेयर तथा प्रधानमन्त्री पुत्री रेणु दाहाल काठमाडौँबाट फर्कनुभएको छ । उहाँ भर्खरै बुद्ध एयरको जहाजबाट भरतपुर जानुभएको बताइएको छ ।  

बुद्धको उडान नम्बर बिएचए ३५९ बाट मेयर दाहाल दिउँसो साढे १ बजे भरतपुर प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।

आजै पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजू राणा देउवा धनगढी जानुभएको छ ।काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद राणा आज बिहान श्री एयरलाइन्सको विमानमा धनगढी पुग्नुभएको हो ।
 

टिप्पणीहरू