उज्यालो नहुँदै रवि लामिछानेका ड्राइभर घाइते

उज्यालो नहुँदै रवि लामिछानेका ड्राइभर घाइते

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक चितवनस्थित लामिछाने निवासको छतबाट खसेका छन् । उनी आज बिहान ४ बजे छतबाट खसेको बताइएको छ ।

भरतपुर महानगर ११ स्थित उक्त घरको छतबाट चालक कसरी खसे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

हाल भरतपुरको पुरानो मेडिकल कलेजमा उपचाररत उनको टाउको,गोडा र शरीरका विभिन्न भागमा चोट लागेकाले अवस्था गम्भीर रहेको बुझिएको छ ।

टिप्पणीहरू