प्रहरीमा जागिर खान फाराम भर्नेको फिटनेस रिजल्ट सार्वजनिक

प्रहरीमा जागिर खान फाराम भर्नेको फिटनेस रिजल्ट सार्वजनिक

नेपाल प्रहरीमा रिक्त रहेको कार्यालय सहयोगी पदका लागि उम्मेदवारी दिएकामध्ये विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाको नतिजा सार्वजनिक गरिएको छ । 

प्रहरी प्रधान कार्यालयले गत माघ २७ गते सूचना प्रकाशित गर्दै प्रहरी कार्यालय सहयोगी (भान्छे, हजाम, सिलाई/बुनाई र कुचिकार) पदमा खुला प्रतियोगितामार्फत आवेदन माग गरेको थियो । सोही पदका लागि आवेदन दिएका उम्मेदरवारमध्ये विस्तृत स्वास्थ्य परीक्षणमा सहभागी भई उत्तीर्ण भएकाको नतिजा आज सार्वजनिक गरिएको हो । 

प्रहरीले स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका उम्मेदवारहरुको प्रयोगात्मक परीक्षा काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा हुने जनाएको छ । साथै, परीक्षा तालिका बैशाख ४ गते (आज) नेपाल प्रहरीको वेभसाइटमा प्रकाशन गरिने समेत जानकारी दिइएको छ ।
 

टिप्पणीहरू