सबै श्रेणीहरू

वडाध्यक्षको घर जलाउने लक्कीको घरमा बालेनको कार्यालय

वडाध्यक्षको घर जलाउने लक्कीको घरमा बालेनको कार्यालय

झापा-५ का रास्वपा उम्मेदवार बालेन साहको प्रचारमा श्रीमती सविना खटिएकी छन् । बालेन भने झापाबाट फर्केर सुदूर पश्चिममा हात हल्लाउँदै घुमिरहेका छन् ।

श्रीमती सविनाको टोलीमा भोट माग्दै हिँड्ने स्थानीय एक महिलाको बारेमा अहिले दमक क्षेत्रमा निकै चर्चा हुन थालेको छ । लक्की सिटौला उनै हुन् जसले भदौ २४ गतेको विध्वंशमा दमक नगरपालिका १ का वडाध्यक्ष हरि न्यौपानेको घर जलाउने कामको नेतृत्व गरेकी थिइन् ।

अर्को रमाइलो पक्ष उनै लक्कीको घरमा अहिले बालेनको सम्पर्क कार्यालय खुलेको छ । बालेनलाई झापामा भोट माग्दै हिँडेकी अर्की महिलाले पनि सिंहदरबारमा आगो लगाएपछि गेटमा सेल्फी खिच्दै रमाएको फोटो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ ।