एक सातादेखि रोकिएको लाइसेन्सको अनलाइन आवेदन शुरु
प्राविधिक समस्याका कारण झण्डै एक सातादेखि स्थगित सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी अनलाइन सेवा आजदेखि पुनः सुचारु हुने छ ।
यातायात व्यवस्था विभागले आज बेलुका ५ बजेदेखि लाइसेन्ससम्बन्धी अनलाइन आवेदन दर्ता प्रणाली सेवा पुनः सुचारु गर्न लागेको हो । विभागले सूचना जारी गर्दै सर्भरमा देखिएको प्राविधिक समस्या समाधान भइसकेको जानकारी दिएको छ ।
'सिंहदरबारमा रहेको डाटावेश सर्भरमा समस्या आई सवारी चालक अनुमति पत्रसम्बन्धी अनलाइन आवेदन दर्ता प्रणालीसमेत सेवा प्रभावित भएकोमा यही मिति २०८० वैशाख ४ गते साँझ ५ बजेदेखि सवारी चालक अनुमति पत्रसम्बन्धी अनलाइन आवेदन दर्ता प्रणाली सेवा सुचारु हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, विभागको सूचनामा भनिएको छ ।
सर्भरमा समस्या आएपछि गत चैत २८ गतेदेखि अनलाइनसम्बन्धी सबै सेवा रोकिएको थियो ।
टिप्पणीहरू