बिरामी राष्ट्रपति सवार विमान नयाँ दिल्ली प्रस्थान, साथमा १३ जना
हिजो शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लगिएको छ । उहाँलाई श्री एयरलाइन्सको चार्टर उडानमा नयाँ दिल्ली लगिएको बताइएको छ ।
चार्टर उडान नम्बर एसएचए ४५९९ बाट राष्ट्रपति नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । राष्ट्रपतिसँगै उहाँकी श्रीमती, छोरा, परिवारका अन्य सदस्यलगायत १४ जनाको टोली छ ।
छातीको संक्रमण र पिसाब पोलेपछि उहाँ हिजो शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको थियो । थप उपचारको निम्ति राष्ट्रपतिलाई नयाँ दिल्लीस्थित अल इण्डिया इष्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा लगिएको हो ।
राष्ट्रपतिसँगै सुलभ खनाल, सबिता पौडेल, चिन्तन पौडेल, अवज्ञा पौडेल, रिषभ खनाल, डा. निरज बम, हरिश्चन्द्र पौडेल, विपिन अर्याल, विमल खत्री, रमेशकुमार कार्की, विजय थापा, पारस पण्डित र लेफ्टिनेण्ट कर्नेल शुभजित देव पनि चार्टर उडानमा नयाँ दिल्ली गएका छन् । उनीहरुमध्ये सबिता पौडेल, अवज्ञा पौडेल ६५ केजी तौलका र बाँकी १२ जना सबैको तौल ७५ केजी रहेको एअरलाइन्स स्रोतले बताएको छ ।
टिप्पणीहरू