राष्ट्रपतिको स्वास्थ्य अपडेट : क्रमिक सुधार

राष्ट्रपतिको स्वास्थ्य अपडेट : क्रमिक सुधार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले चिकित्सकहरुलाई उल्लेख गर्दै उक्त अवस्थाबारे जानकारी गराएको छ । 

राष्ट्रपति पौडेललाई हिजो मध्यान्हदेखि नयाँ दिल्लीस्थित अल इण्डिया इण्ष्टिच्यट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको छ । आजदेखि उहाँलाई अक्सिजन हटाइएको बताइएको छ ।

यसअघि उहाँलाई काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । हिजो बिहान चार्टर विमानमा नयाँ दिल्ली लगिएको हो ।

टिप्पणीहरू