वसन्त चौधरीको इपेपर 'लञ्च'

वसन्त चौधरीको इपेपर 'लञ्च'

कवि, लेखक तथा समाजसेवीका रुपमा चिनिने वसन्त चौधरीले सभ्रेप्यानेट डटकम नामक वातावरण केन्द्रित इपेपर सुरु गरेका छन् ।

सो इपेपरले वातावरण, पृथ्वी, जलवायु परिवर्तन, पानीको अभाव, खाद्य असुरक्षा र वन्यजन्तु आदिका बारेका लेख तथा विश्लेषणलाई प्राथमिकताका साथ प्रकाशन गर्नेछ । साथै, यसमा समेटिएको लेख तथा विश्लेषणमा विश्वव्यापी दृष्टिकोण पाइने छ ।

नेपालमा विविध व्यवसायिक प्रतिष्ठानको ग्रुप बीएलसी होल्डिङ लिमिटेडको प्रमुखसमेत रहेका चौधरीले भने, ‘मैले सधैं आफ्नो लेखनबाट प्रेम, भ्रातृत्व र सद्भावको सन्देश फैलाउने प्रयास गरेको छु ।’

‘इपेपर सभ्रेप्यानेट डटकमको प्रमुख उद्देश्य मानव जाति र माता पृथ्वीबीचको सुमधुर सम्बन्धलाई प्रवद्र्धन गर्नु हो,’ उनले थपे, ‘संसारभर मानवनिर्मित संकटका कारण यो ग्रह दयनीय अवस्थामा छ ।’

सभ्रेप्यानेट डटकमका प्रकाशकको हैसियतमा चौधरीले इपेपर पृथ्वीको बिग्रँदै गएको अवस्थाबारे जनचेतना जगाउन प्रतिबद्ध रहेको समेत बताए । 

‘हाम्रा विचारहरु सरल र सरल भाषामा प्रस्तुत गरिने छ । जुन सबै उमेर र समूहका व्यक्तिले सजिलै बुझ्न सक्ने हुनेछ । पृथ्वीको अस्तित्व र राम्रो स्वास्थ्यका लागि काम गर्नु सबैको दायित्व हो । पृथ्वी भएमा मात्र हामी बाँच्ने छौं,’ उनले भने । 

पृथ्वी दिवसको अवसरमा लञ्च गरिएको सो इपेपरले प्रत्येक पन्ध्र दिनमा यसको सामग्री अपडेट गर्नेछ । यद्यपि, भविष्यमा थप सुविधा र सामग्रीको साथ यो डिजिटल प्लेटफर्मलाई चाँडै अपडेट गर्ने योजना समेत रहेको बताइएको छ ।

इपेपरले पाठकको प्रतिक्रियालाई उच्च प्राथमिकता दिनेछ । साथै, आम पाठक र वातावरण विज्ञहरुबाट आएका टिप्पणी र सुझावलाई पर्याप्त सम्पादकीय स्थान प्रदान गर्नेछ ।

Write to Editor & Uttam
 

टिप्पणीहरू