विदेश जाने श्रमिकको स्वास्थ्य जाँच्ने संस्थाको इजाजत पत्र नवीकरण

विदेश जाने श्रमिकको स्वास्थ्य जाँच्ने संस्थाको इजाजत पत्र नवीकरण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको इजाजतपत्र नवीकरण गरेको छ । 

मन्त्रालयले २१५ वटा संस्थाको इजाजतपत्र नवीकरण गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ एवं वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ (क) तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचिकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ बमोजिम इजाजत पत्र नवीकरण गरिएको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य संस्थाहरुले प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र इजाजत पत्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था छ । तोकिएको समयभित्र आवेदन प्राप्त भएका २१५ संस्थाका इजाजत पत्र नवीकरण भएको मन्त्रालयले जानकारी दिएको छ । 

नवीकरण हुनेमा मुनाल डाइग्नोष्टिक सेन्टर प्रालि, प्याराडाईज ईन्टरनेशनल मेडिकल सेन्टर प्रालि, आशिर्वाद स्वास्थ्य सेवा क्लिनिक, पाथिभरा मेडिकल सेन्टर प्रालि, स्टेम्ज हेल्थ केयर सेन्टर प्रालि, सिद्धार्थ प्याथोलोजी, हेल्थ केयर क्लिनिक, कान्तिपुर डायग्नोष्टिक सेन्टर प्रालि, सगरमाथा क्लिनिक सेन्टर प्रालि रहेका छन् । 

त्यस्तै, अखण्ड मेडिकल सेन्टर प्रालि, इन्टरनेशनल क्वालिटी हेल्थ केयर सेन्टर प्रालि, यु एण्ड पि हेल्थ केयर सेन्टर प्रालि, क्युरेक्स डाईग्नोष्टिक सेन्टर प्रालि, सेवा मेडिकल सेन्टर प्रालि, मेघा मेडिकल सेन्टर प्रालि, अरुण मेडिकल सेन्टर प्रालिलगायतका संस्थाको इजाजतपत्र पनि नवीकरण भएको छ ।

टिप्पणीहरू