उपाध्यक्षलाई लिएर एमाले अध्यक्ष गृहजिल्लामा

उपाध्यक्षलाई लिएर एमाले अध्यक्ष गृहजिल्लामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा जानुभएको छ । उहाँ हवाई मार्ग हुँदै आज बिहान भद्रपुर पुग्नुभएको हो ।  

अध्यक्ष ओली यती एयरको जहाजबाट बिहान ११ बजे काठमाडौँबाट भद्रपुर प्रस्थान गर्नुभएको थियो । उहाँको साथमा एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ पनि हुनुहुन्छ । 

एमाले केन्द्रीय कमिटी बैठक पनि यस पटक झापामा राखिएको छ । वैशाख २८, २९ र ३० गते बस्नेगरी बैठक निधो गरिएको बताइएको छ ।

टिप्पणीहरू