उद्योगमन्त्री र कोरियाली राजदूत नवलपरासी पुगेर सँगै काठमाडौं फिर्ता

उद्योगमन्त्री र कोरियाली राजदूत नवलपरासी पुगेर सँगै काठमाडौं फिर्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत चोङसुक पार्क बिहान भैरहवा गएर अहिले राजधानी फर्कनुभएको छ । उहाँहरु नवलपरासीको रामग्राम नगरपालिका ११ पुगेर फर्कनुभएको बताइएको छ ।

उहाँहरु बिहान सवा ९ बजे श्री एअरको उडान नम्बर एसएचए १८२१ मा १० जनाको टोलीसहित भैरहवा जानुभएको थियो । दिउँसो ३ बजे बुद्ध एअरको उडानमा मन्त्री र राजदूतसहित चार जनाको टोली राजधानी फर्केको हो ।

मन्त्री रिजाल कोरियाको सामुसङ टिभीको उत्पादन प्रारम्भको अवसरमा आयोजित समारोहमा सहभागी हुन जानुभएको हो ।   गोल्छा ग्रुपले कोरियाको सामुसङ कम्पनीसँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ११ मा उत्पादन गरेर बिक्री वितरण थालेको छ ।
 

टिप्पणीहरू