संसदका महासचिवसँग छोरीसहित अष्ट्रेलियन पाहुनाको भेट
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमसँग अष्ट्रेलियाको न्यु साउथ वेल्स प्रान्त संसदका महासचिव डेभ मिचेल ब्लुन्टले भेटवार्ता गरेका छन् ।
आज बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा उक्त भेटवार्ता भएको हो । डा. गौतमलाई भेट्न ब्लुन्ट बिहान ११ बजे सिंहदरबार पुगेका थिए ।
उक्त भेटमा ब्लुन्टकी छोरी मडेलेनी फे विनराइट पनि सहभागी थिइन् ।
टिप्पणीहरू