शनिबार पनि प्रधानमन्त्रीविरुद्ध नाराबाजी

शनिबार पनि प्रधानमन्त्रीविरुद्ध नाराबाजी

आज बिदाको दिनमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरिएको छ । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अगुवाईमा भएको विरोध कार्यक्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध मुर्दावादको नारा लगाइएको हो ।

आज दिउँसो संघले नयाँ बानेश्वरमा निकालेको जुलुसमा सहभागीहरुले बिजुली बजारको पुलमा पुगेपछि चर्का नारा लगाएका हुन् । पुल नजिकै प्रधानमन्त्रीको पुत्लासमेत दहन गरेको बताइएको छ ।प्रहरीले पुत्ला निभाएपछि आफूहरुले चर्का नारा लगाएको संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।

उनीहरुले सरकारले माओवादीका अयोग्य लडाकुलाई राज्यको ढुकुटीबाट रकम बाँड्न खोजेको भन्दै विरोध गरेका हुन् । प्रदर्शनकारीहरुले कार्यकर्तालाई पैसा बाँड्न पाईंदैन, प्रचण्ड सरकार मुर्दावाद, गठबन्धन सरकार मुर्दावादलगायत नारा लगाएका थिए ।

टिप्पणीहरू