अबदेखि माेहन वैद्य अध्यक्ष, धर्मेन्द्र बास्तोला प्रवक्ता
तत्कालीन माओवादी पार्टीबाट छिन्नभिन्न भएका दुई राजनीतिक दलले एकताको घोषणा गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच नयाँ राजनीतिक कार्यदिशा, अन्तरिम विधान, नयाँ सांगठनिक संरचना र समसामयिक प्रस्ताव पास गर्दै गौरवपूर्ण पार्टी एकता अधिवेशन सम्पन्न भएको जानकारी दिइएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नाम दिइएको उक्त दलको अध्यक्षमा मोहन वैद्य ‘किरण’ र प्रवक्तामा धर्मेन्द्र बास्तोला ‘कंचन’ तोकिएको छ । १५ सदस्यीय कार्यालय र ८७ सदस्यीय सचिवालय बनाउँदै २६७ जनाको महाधिवेशन आयोजक समिति बनाइएको जानकारी पनि दिइएको छ ।
पार्टी एकताको औपचारिक घोषणा पर्सि १८ गते मजदुर दिवसको दिन काठमाडौंको खुल्ला मञ्चमा गर्न लागिएको हो ।
टिप्पणीहरू