पूर्वराजा नेपालगञ्जमा, स्वकीय सचिवको टोली जुम्लामा

पूर्वराजा नेपालगञ्जमा, स्वकीय सचिवको टोली जुम्लामा

हिजो अपरान्ह नेपालगञ्ज पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार त्यहाँको महँगो होटल सोल्टी वेस्टन्ड प्रिमियरमा बसेको छ । पूर्वराजा शाहको बाँकेको नेपालगञ्जमा जय जयकारसहित नागरिक अभिन्दन गर्न लागिएको बताइएको छ । 

पर्सि सोमबार बागेश्वरी मन्दिरमा महाआरती उतारिने र त्यसको पर्सिपल्ट बुधबार रामलीला मैदानमा भव्य कार्यक्रमका बीच नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको नेपाल शिव सेना परिवारले जनाएको छ । 

नागरिक अभिनन्दन र पूर्वराजपरिवार सहभागी हुने नेपालगञ्जका सबै कार्यक्रमको सुरक्षाको जिम्मा आफूहरुले लिने शिवसेनाले निर्णयसमेत गरेको छ । त्यसका लागि सुरक्षा समिति बनाइएको शिवसेनाले २३ सदस्यीय उपसमिति गठन गरेको जानकारी पनि दिएको छ । 

नागरिक अभिनन्दनमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र सपरिवार हिजो नेपालगञ्ज पुगे पनि उहाँका स्वकीय सचिव सागर तिमिल्सिनासहित चार जनाको टोली आज जुम्ला पुगेको छ । टोली दिउँसो १ बजे समिट एअरको उडानमा नेपालगञ्जबाट जुम्ला गएको हो ।

टिप्पणीहरू