चिनियाँ धार्मिक संगठनका महासचिव काठमाडौंमा
चिनियाँ धार्मिक तथा सांस्कृतिक संस्थाका एक जना महासचिव काठमाडौं आइपुगेका छन् । चाइना रिलिजियस कल्चर कम्युनिकेसन एसोसिएसनका महासचिव हान सोङ गएराति हङकङबाट आएको बताइएको छ ।
सोङ क्याथे प्यासिफिक एअरको उडान नम्बर सिएक्स ६०३ मा राति साढे १० बजे काठमाडौं विमानस्थलमा आइपुगेका थिए । उनी ११ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् ।

टिप्पणीहरू