पृथ्वी राजमार्गमा फेरि सवारी आवागमन ठप्प
अस्तिदेखि बन्द भएर हिजो दिउँसो खुुलेको पृृथ्वी राजमार्गको धार्के खण्डमा आज फेरि सवारी साधन बन्द गरिएको छ । धार्केको गणेश खोला पुल नजिकै पुनः जमिन भासिएपछि आवागमन बन्द भएको बताइएको छ ।
सोमबार बेलुकीदेखि मंगलबार दिउँसोसम्म काठमाडौं आउने र काठमाडौंबाट जाने दुबै तर्फका सवारी साधन बन्द भएको उक्त ठाउँमा हिजो एकतर्फी खुलेको थियो । तर आज दिउँसोबाट फेरि आवागमन बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पुलसँगै फेरि जमिन भासिएपछि आवागमन अवरुद्ध भएको हो ।
टिप्पणीहरू