सबै श्रेणीहरू

वैशाख अन्तिमदेखि शिक्षकहरु माइतीघरमा भेला हुने

वैशाख अन्तिमदेखि शिक्षकहरु माइतीघरमा भेला हुने

नेपाल शिक्षक महासंघले आगामी वैशाख २९ गते राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । 

आफ्ना पाँच बुँदे माग सम्बोधनका निम्ति सरकारको ध्यानाकर्षण गराई कडा दबाब सिर्जना गर्न १९ गते शुक्रबार दिँउसो १ बजेदेखि आन्दोलन गर्न लागिएको जनाइएको छ । महासंघले आगामी वर्ष २०८०–८१ को बजेटबाट विद्यालय कर्मचारी र बाल कक्षाका शिक्षकको तलब वृद्धि हुनुपर्ने माग राखेको छ । 

त्यस्तै, शिक्षकको तलबमानमा गरिएको विभेद अन्त्य गर्न, शिक्षकको तलब मासिक रुपमा उपलब्ध गराउने प्रबन्ध मिलाउन, शिक्षामा गरिने लगानी कुल बजेटको २० प्रतिशत हुनुपर्ने माग पनि अघि सारिएको छ ।

२०७५ चैत ४ गतेपछि स्थायी भएका शिक्षकको निम्ति अविलम्ब योगदानमा आधारित पेन्सन पद्धतिको थालनी गर्नुपर्नेमा महासंघको जोड छ ।