पूर्वराजा भारतीय मुख्यमन्त्रीको निम्तोमा १० दिने भारत भ्रमणमा जाने
पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह भारतको १० दिने भ्रमणमा जान लाग्नुभएको छ । केही दिनदेखि नेपालगञ्जमा रहनुभएका उहाँहरु भोलि लखनउ जाने कार्यक्रम रहेको बताइएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजा भारत भ्रमणमा जान लाग्नुभएको हो । उहाँको हिजो नेपालगञ्जमा हिन्दु र राजावादी शिव सेना नेपालले अभिनन्दन गरेको छ ।
शाहको जुम्लामासमेत अभिनन्दन गर्ने कार्यक्रम थियो । तर, मौसम प्रतिकूल भएपछि जुम्लाको कार्यक्रम रद्द भएको हो । एक सातादेखि पूर्वराजपरिवारका सदस्यहरु नेपालगञ्जस्थित सोल्टी वेस्टन्ड प्रिमियरमा बसेका छन् ।
टिप्पणीहरू