काँग्रेस र एमालेका नेता चेक रिपब्लिकमा
एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक चेक रिपब्लिकतर्फ जानुभएको छ ।
उहाँहरु हिजो साँझ त्यसतर्फ जानुभएको बताइएको छ । नेम्वाङ र लेखक कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा साँझ साढे ६ बजे दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
उहाँहरु यसअघि चैत २५ गते साताव्यापी भ्रमणमा दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाको भ्रमणमा जानुभएको थियो । टोलीमा एमाले नेता प्रदीपकुमार ज्ञवाली, माओवादीका हितराज पाण्डे, राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा र पूर्व तीन तारे जर्नेल पवनबहादुर पाण्डे र अर्का पूर्वरथी चित्रबहादुर गुरुङ हुनुहुन्थ्यो ।
टिप्पणीहरू