‘सच्चिने कि सक्किने’ मा सबैको सरोकार

‘सच्चिने कि सक्किने’ मा सबैको सरोकार

अब त साम्य होला भनिएको कांग्रेसभित्रको रडाको झन्झन् तात्तिन थालेको छ । र, नीति महाधिवेशनतर्फ दुवै पक्ष सोझिएका छन् । चितवनमा हारिएला तर तनहुँ सुरक्षित हुन्छ भन्ने थियो, सभापति शेरबहादुर देउवाको बुझाइ । परिणाम त्यस्तो भएन मात्रै हैन, कांग्रेसका हार्डकोर मानिने नेता–कार्यकर्ता नै स्वर्णिम वाग्लेलाई जिताउन लागेको देखेपछि उहाँ आत्तिनुभएको छ ।

पर्वतबाट समानुपातिकका उम्मेदवारसहित ४० जनाले कांग्रेस परित्याग गरे । उनीहरू रवि लामिछानेको पार्टीमा जाँदै छन् । उहाँ आत्तिनुको अर्को कारण हो, आफ्नै र बालकृष्ण खाँणकी पत्नीलाई समानुपातिकमा राखेर माननीय बनाउनु । अब उहाँलाई यही प्रश्नले पाँच वर्ष पिरोल्ने भयो । कार्यकर्ताहरू प्रश्न गर्न थालेका छन्, ‘मधेसवादी र कांग्रेसमा के अन्तर भयो ?’ मंसिरको निर्वाचनको समीक्षा आजसम्म भएको छैन ।

समीक्षा बैठक टर्दै गयो । सरकार बनाउन सीट संख्या नपुगे गठबन्धन गरौँला, चुनावमै गठबन्धन नगरौँ भन्दा मानिएन । यदि त्यसो भएको भए कांग्रेस आफैं सरकार बनाउनेमा पुग्थ्यो । किनभने, माओवादी र समाजवादीले यति धेरै सीट ल्याउने थिएनन् । उनीहरू कि एमालेसँग मिल्नुपथ्र्यो कि कांग्रेससँग साझेदारीमा आउनुपथ्र्यो । 

यसरी शेरबहादुरमा आफ्नो जीवनकालमै पार्टी समाप्त हुन्छ कि भन्ने त्रास छ । चार–पाँच दिनअघि संसदीय दलको बैठकमा अरुले भन्लान् भनेर पहिला अफैँले भन्नुभयो, ‘कांग्रेसमाथि चौतर्फी आक्रमण भयो’ भनेर । उहाँले शुरुमै हात उठाउनुको कारण हो, अरुले त्यही कुरामा आक्रमण गर्नुअघि आर्फैँ रक्षात्मक हुन । यसरी कांग्रेस ‘सकिने कि सच्चिने’ भन्ने कुराको ट्रान्जिट पोइन्टमा छ । त्यसैले अब नीति महाधिवेशन जानुअघि भ्रातृ संगठन र विभागलाई पूर्णता दिन लागिएको छ ।

नीति महाधिवेशनको फम्र्याट कस्तो हुन्छ ? टुंगो छैन । त्यसमा महाधिवेशन प्रतिनिधि सबै हुने कि, महासमिति सदस्यमात्रै ? यसको टुंगो लागेको छैन । अहिले सरकारमा शेखर पक्षलाई लैजान तीन मन्त्रीको माग गरिएको छ । स्वतन्त्र पार्टी सरकारमा गयो भने त्यो पाउन मुस्किल छ । तर, तीनभन्दा कम मन्त्रालय लिएर शेखरपक्ष सरकारमा नजाने भन्दै छ ।

जनमतका दृष्टिमा समयले यसरी फड्को मार्‍यो कि, अब जनताले ठूला पार्टी भनेर पर्खिने छैनन् । न कांग्रेस, न एमाले, न त माओवादी वा कुनै पार्टी नै किन नहोस् । उनीहरू सच्चिएनन् र आफूभित्रको रडाको मिलाउन तम्सिएनन् भने आउने चुनावमा के हुन्छ ? टुंगो छैन ।

टिप्पणीहरू