भारतबाट आएका भूटानी धर्मगुरु को हुन् ?

भारतबाट आएका भूटानी धर्मगुरु को हुन् ?

भारतको हिमाचल प्रदेशबाट हिजो एक जना तिब्बती मूलका बौध्द धर्मगुरु काठमाडौं आएका छन् । उनी नयाँ दिल्लीबाट दिउँसो १ बजे इण्डिगो एअरमा राजधानी आइपुगेका हुन्  । 

तिब्बती मूलका भूटानी बौध्द धर्मगुरु केन्टिङ ताइ सितुपा रिम्पोछे भोलि उतै फर्कने कार्यक्रम छ । काठमाडौं विमानस्थलबाट उनी सोझै बौद्धस्थित ठाङ्गु टासी छोलिङ गुम्बा पुगेका थिए । 

उनी उक्त गुम्बामा रहेका ९० वर्षीय प्रमुख धर्मगुरु ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न नेपाल आएको दाबी गरिएको छ । केही बौद्ध धर्मगुरुहरुसँग भेटेर भोलि नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको बताइन्छ ।

तिब्बती निर्वासित धार्मिक नेता दलाई लामा पनि हिमाञ्चल प्रदेशमा बस्दै आएका छन् ।

टिप्पणीहरू