अमेरिकी राष्ट्रपति वायुसेनाको कार्यक्रममा लडे

अमेरिकी राष्ट्रपति वायुसेनाको कार्यक्रममा लडे

अमेरिकी राष्ट्रपति जो बाइडन लडेका छन् । अमेरिकी एयर फोर्सको एक कार्यक्रममा अल्झिएर लडेको बताइएको छ । 

कोलोराडोमा आयोजित प्रमाणपत्र वितरण समारोहमा राष्ट्रपति लडेका हुन् । राष्ट्रपति लडेपछि तीन जनाले झटपट उठाएका थिए । 

राष्ट्रपति लडेपछि ह्वाइट हाउसले दिएको जानकारीमा बाइडेनले कार्यक्रमपछि हात मिलाउने क्रममा भुईंमा रहेको ह्याण्डब्यागमा अल्झेको उल्लेख छ । 

८० वर्षीय वृद्ध राष्ट्रति यसअघि पनि साइकल चलाउने र विमान चढ्ने क्रममा लडेका थिए ।

टिप्पणीहरू