पाकिस्तानले शैक्षिक छात्रवृत्तिलाई निरन्तरता दिने

पाकिस्तानले शैक्षिक छात्रवृत्तिलाई निरन्तरता दिने

पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट उच्च शिक्षा हासिल गरेका नेपालीहरुको काठमाडौंमा भेटघाट जुराइएको छ । काठमाडौंस्थित पाकिस्तानी दूतावास र पाकिस्तानमा उच्च अध्ययन गरेकाहरुको एलुम्नाईले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् । 

पाकिस्तान सरकारको प्राविधिक सहयोग कार्यक्रमअन्तर्गतको छात्रवृत्तिमा एमबीबीएस, बीडिएस, डी फार्मेसी, बीएस इञ्जिनियरिङलगायत विषयमा उच्च अध्ययन पूरा गरेकाहरुलाई आजको भेलामा आमन्त्रण गरिएको बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र विशेष अतिथि पाकिस्तानका राजदूत अब्रर एच हास्मी थिए । थापाले नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको अवसर प्रदान गरेकामा पाकिस्तान सरकारलाई धन्यवाद दिएका थिए ।

राजदूत हास्मीले उक्त कार्यक्रमबाट दुई मुलुकबीचको जनस्तरको सम्बन्ध थप कसिलो बनेको उल्लेख गर्दै आगामी दिनमा पनि शैक्षिक छात्रवृत्तिलाई पाकिस्तान सरकारले निरन्तरता दिने विश्वास दिलाएका छन् ।

 

टिप्पणीहरू