बुटवलमा सवारी दुर्घटना, मोटरसाइकलमा सवार दुवैको निधन

बुटवलमा सवारी दुर्घटना, मोटरसाइकलमा सवार दुवैको निधन

बुटवल उपमहानगरपालिका–१२ तामनगरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको बसले पूर्वपश्चिम राजमार्गमा मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको निधन भएको हो ।

कपिलवस्तु जाँदै गरेको लु.१ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु.३९ प ९१५७ नम्बरको मोटरसाइकल ठोक्किँदा गुल्मीको मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र सोही गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिएको बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

टिप्पणीहरू