क्रान्तिको चुरो कुरो कता हरायो कमरेड ?

क्रान्तिको चुरो कुरो कता हरायो कमरेड ?

नेपालमा तीन वटा वर्ग दलाल पुँजीपति, नोकरशाही र सामन्त मिलेर एक खालको प्रतिक्रियावादी सत्ता निर्माण भएको छ । सन् १९११ देखि सन् १९४९ सम्म चीनमा पनि यस्तै थियो ।

अध्यक्ष माओको सबैभन्दा ठूलो योगदान नै तिनको सत्तालाई पल्टाउन सक्ने ‘राजनीतिक कार्यदिशा’ को आविष्कार गर्नु थियो । अध्यक्ष माओले सन् १९११ पछि नै चीनमा ‘पुँजीवादी क्रान्ति’ भइसक्यो भनेर भन्नेहरूलाई ‘दीर्घकालीन जनयुद्ध’ को २८ वर्षे लामो ‘वर्ग संघर्ष’को बाटो हिँडाएर ‘अर्को पुँजीवादी’ क्रान्ति गर्नुभयो । माओको उक्त क्रान्तिलाई ‘नयाँ जनवादी क्रान्ति’ भनिन्छ । चीनमा ‘नयाँ जनवादी क्रान्ति’ सम्पन्न भएको ७४ वर्ष पूरा भइसकेको छ ।

‘नयाँ जनवादी क्रान्ति’ सकिएको ७४ वर्षपछि मात्र आज आएर चीनले ‘समाजवादी क्रान्ति’ को खाका कोर्दै छ । माओवाद मान्छौं भन्ने तर अध्यक्ष माओको खोज नस्विकार्ने तत्वहरूलाई के भन्ने ? समाज विकासको ‘ऐतिहासिक द्वन्द्वात्मक भौतिक’वादी नियमविपरीत एकैचोटि ‘समाजवादी क्रान्ति’ को कुरा गर्नु ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल’का अध्यक्ष किरणको भनाइमा ‘वाम अवसरवाद’ हो । नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न धाराजस्तै प्रचण्ड समूह, विप्लव समूह, आहुती समूह आदिको राजनीतिक दस्तावेजबाट तीनवटा वर्गबाट बनेको सत्ता र समाजवादी क्रान्तिबीच संक्रमणकालीन सत्ता अर्थात् नयाँ जनवादी व्यवस्था सत्ता कता हराएको छ कता ? कहीँ भेट्टाउन सकिँदैन । यसरी क्रान्तिको एउटा ‘सिंगो चरण’ गायब पार्नु ‘अवसरवाद’ हो । द्वन्द्वात्मक भौतिकवाद’को खिलाफमा उत्रनुसमेत हो । 

तीनवटा वर्ग मिलेर बनेको राज्यसत्तामा किसान/मजदुरदेखि बीचका सबै वर्गसहित राष्ट्रिय पुँजीपतिसम्म उत्पीडनमा हुन्छन् । त्यसकारण देशमा भौतिक विकास जुनसुकै चरणको भए पनि सामाजिक क्रान्तिको चरण ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको नियम संगत भएन भने जनता अधिकार सम्पन्न अर्थात् सार्वभौमसत्ता सम्पन्न हुन सक्दैनन् । ‘नयाँ जनवादी क्रान्ति’को चरण छाडेर हामीलाई ‘ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद’विरोधी बन्नु छैन । छलफलमा प्रचण्ड, विप्लव, बाबुराम र आहुतिसँग हाम्रो र्‍याङ्ग¨ को ठ्याङ्ग नमिलेको यहीँनेर हो । 

– नारायण अधिकारी
 

टिप्पणीहरू