ढोरपाटनमा जीप खस्यो : तीन जना बिते, एक दर्जन घाइते

ढोरपाटनमा जीप खस्यो : तीन जना बिते, एक दर्जन घाइते

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । उनीहरूको पहिचान खुलेको छैन । त्यस्तै, ११ जना घाइतेलाई उद्धारपछि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु. १ च ९०२४ नम्बरको डबल क्याब जीप ढोरपाटन सडकमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घटनाग्रस्त जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ ।
 

टिप्पणीहरू