अध्यक्ष पाल एकल महिलाप्रति आसक्त

अध्यक्ष पाल एकल महिलाप्रति आसक्त

रौतहटको बृन्दावन नगरपालिका–७ का वडाध्यक्ष मदन पालले गाउँकै एक एकल महिलालाई पटक–पटक यौन प्रस्ताव राख्दै आएका छन् । पालले साना किसान कृषि सहकारी संस्थाबाट निकालेको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइदिन्छु भन्दै धमैराकी एकल महिलालाई यौन प्रस्ताव गर्ने गरेको आरोप छ । 

६ वर्ष पहिला घर परिवार चलाउन श्रीमान्ले ३ लाख रूपैयाँ कर्जा लिएका थिए । १३ धुर जग्गामा घर बनाएर बसोबास गर्दै आएको पाँच वर्षपछि श्रीमान्को मृत्यु भएको थियो । सो पैसा ब्याज र साँवासहित पाँच लाख पुगेको छ । त्यो बेला पालले नै साना किसानबाट ऋण निकाल्न सहयोग गरेका थिए । अन्दाजी ३५ वर्षकी ती महिलाले गाउँको जेठाजुसमेत पर्ने वडाध्यक्ष पालले ऋण मिनाहा गराइदिने र मुद्दा मलाइदिने भन्दै राति ११, १२ बजेतिर गाउँ नजिकै पुल तथा खेततिर बोलाउने गरेको आरोप लगाएकी छन् । 

करिब ६५ वर्ष उमेरका पालले छिमेकीसँग सामान्य विवाद हुँदा बुहारी पर्नेको गर्भपतन भएको भन्दै प्रहरीमा उजुरी दिन लगाएर ७ लाख बिगो दाबी गरेका थिए । सो समय आफूलाई थुनामा समेत राखेपछि नातामा नाति पर्नेले ९० हजार धरौटीमा छुटाएर ल्याए पनि झुक्याएर आफू र श्रीमान्सँग पनि ३ लाखको कपाली तमसुक कागजसमेत बनाएको महिलाले आरोप लगाइन् । जसोतसो श्रम गरेर चार जना बाल बच्चा पालिरहेकी ती महिलालाई वडाध्यक्ष पालले यतिबेला घर खाली गर्नसमेत दवाव दिने गरेको आरोप लगाएकी छन् । यस विषयमा बुझ्दा यो आरोप गलत रहेको पालले बताए । 

– देखी जान्नेहरू
 

टिप्पणीहरू