रवि र इजरायली राजदूतको भेटमा चितवनमा आधुनिक कृषि प्रविधि भित्र्याउने कुरो

रवि र इजरायली राजदूतको भेटमा चितवनमा आधुनिक कृषि प्रविधि भित्र्याउने कुरो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूतबीच भेटवार्ता भएको छ । राजदूत हनान गोडरसँगको छलफलमा लामिछानेले इजरायली प्रविधिको प्रयोग गरेर चितवनमा कृषि व्यवसायलाई विकसित तुल्याउने धारणा राखेको बताइएको छ ।

लामिछानेको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर चितवनको इच्छामनकामना गाउँपालिकामा कृषि विकास गर्नेबारे कुराकानी भएको हो ।’ उक्त गाउँपालिका रविको निर्वाचन क्षेत्रमा पर्छ । 

भेटमा लामिछानेसँगै रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्यहरु रामकृष्ण भट्टराई र प्रतिभा रावल पनि सहभागी भएको बताइएको छ ।
 

टिप्पणीहरू