नेपालको ग्रेटर भूभाग

नेपालको ग्रेटर भूभाग

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह कार्यालयमा ग्रेटर नेपालको तस्बिर झुण्ड्याएर आफूचाहिँ अखण्ड भारतको यात्रामा हिँड्नुभएको छ । भारतले अखण्ड भारतको नक्सा निकालेपछि नेपालले पनि ग्रेटर नेपालको नक्सा निकालेको छ । 

योभन्दा अघि भारतले कालापानी पनि भारतमै गाभिएको नक्सा निकालेको थियो । त्यसको काउण्टरमा केपी ओलीले चुच्चे नक्सा निकाले । अहिले भारतले अखण्ड भारतको नक्सा निकाल्यो । केपी ओलीले त केही पनि निकाल्नुभयो । बालेन साहले चाहिँ ग्रेटर नेपालको नक्सा निकालेको देखियो । 

ग्रेटर नेपालको नक्सामा नेपालको भूभाग साँच्चै ग्रेट रहेछ । त्यसमा भारतको देहरादुन, नैनीताल, सिक्किमसमेत नेपालमै परेको देखिन्छ । बिहारको पनि धेरै भूभाग नेपालभित्रै पर्छ । अझ सकेको भए त भारतको कोलकाता र मुम्बईसमेत यसैभित्र पर्न आउँथ्यो कि क्या हो क्या हो । 

तर अलि होशियार हुनुहोला, ग्रेटर नेपालको भूभाग ग्रेट हुँदै गएर भोलि नयाँ दिल्ली पनि यहीँभित्र पर्न नआओस् । शायद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको नक्सा ग्रेटर हुँदै हुँदै भोलि नयाँ दिल्लीसम्मै पुगे हुन्छ भनी पर्खेरै पो बसिरहनुभएको छ कि ?
 

टिप्पणीहरू