यताका पाहुना उता, चीनका पाहुना यता

यताका पाहुना उता, चीनका पाहुना यता

चीनको स्वायत्त प्रदेश तिब्बतको जनकाँग्रेस प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ । तिब्बत स्वायत्त प्रदेश जनकाँग्रेसका पाँज जनाको प्रतिनिधिमण्डल आज बिहान काठमाडौं आइपुगेको छ । 

प्रतिनिधिमण्डल सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०१ मा बिहान ११ बजे काठमाडौं आइपुगेको हो । नेपाल आएको प्रतिनिधिमण्डलमा चियाङ पाई, याओछिङ वेई, मु लिन, लुओसाङ निमा र तान्चेङलुङ चु छन् । 

सोही विमान काठमाडौंबाट छन्तुतर्फ फर्कंदा मध्यान्ह रामबाबु अधिकारी र देवेन्द्र पराजुली चीन गएका छन् । अधिकारी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका स्वकिय सचिव हुन् भने पराजुली माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

टिप्पणीहरू