नेपाल भ्रमणपछि चीनको एउटा टोली फर्क्यो, अर्को आइपुग्यो

नेपाल भ्रमणपछि चीनको एउटा टोली फर्क्यो, अर्को आइपुग्यो

नेपाल भ्रमणमा रहेको चीनको स्वायत्त प्रदेश तिब्बतको प्रतिनिधिमण्डल स्वदेश प्रस्थान गरेको छ । चीनको स्वायत्त प्रदेश तिब्बतको जनकाँग्रेस प्रतिनिधिमण्डल काठमाडौं, लुम्बिनी र पोखराको भ्रमणपछि स्वदेश फर्केको हो ।

प्रतिनिधिमण्डल आज सिचुआन प्रान्तको राजधानी छन्तुतर्फ प्रस्थान गरेको बताइएको छ । तिब्बत स्वायत्त प्रदेश जनकाँग्रेसका पाँज जनाको टोली एअर चाइनाको उडानमा दिउँसो सवा १ बजे काठमाडौंबाट त्यता गएको हो । 

प्रतिनिधिमण्डलमा चियाङ पाई, याओछिङ वेई, मु लिन, लुओसाङ निमा र तान्चेङलुङ चु थिए ।

आजै चीनबाट अर्को प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । एअर चाइनाको उडानमा चोङछिङ शहरको उच्चस्तरीय टोली बिहान पौने १२ बजे आइपुगेको हो ।

चोङछिङ नगरपालिका सरकारको विदेश मामिला कार्यालयका उपनिर्देशक ताङ युको नेतृत्वमा हान रुइचुन, लि याओबाङसहित छ जनाको टोली नेपाल भ्रमणमा आएको हो ।

टिप्पणीहरू