प्रमुख अतिथि प्रधानमन्त्री,नाम पूरै अशुध्द

प्रमुख अतिथि प्रधानमन्त्री,नाम पूरै  अशुध्द

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो पुस्तक विमोचन गर्दै हुनुहुन्छ । दिउँसो ३ बजे दरबारमार्गस्थित होटल याक एण्ड यतिमा प्रितम सिंहद्वारा लिखित पुस्तकको विमोचन गरिने कार्यक्रममा उहाँलाई प्रमुख अतिथि बनाइएको छ ।

‘रोड्स टु द भ्याली’ पुस्तक प्रधानमन्त्रीले विमोचन गर्न लाग्नुभएको हो । पेशाले पाइलट भए पनि ८७ वर्षे सरदार प्रितम सिंहलाई नेपालमा पहिलो पटक ट्रक ल्याएको श्रेय जान्छ । 

आफ्नो अनुभव समेटेर तयार पारिएको पुस्तक विमोचन कार्यक्रमको निम्तोमा प्रधानमन्त्रीको थर धमाल लेखिएको छ । दाहाललाई धमाल लेखेपछि सामाजिक सञ्जालमा सिंहको भैरहेको छ ।

टिप्पणीहरू