सबै श्रेणीहरू

कोशीमा काँग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने बालुवाटारको निर्णय

कोशीमा काँग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने बालुवाटारको निर्णय

बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनले कोशी प्रदेशमा नेपाली काँग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले नेपाली काँग्रेस संसदीय दलका नेता थापालाई कोशीको आगामी मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले अस्ति प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले हिजो आह्वान गरेपछि नयाँ मुख्यमन्त्रीको सरगर्मी बढेको हो । नेकपा माओवादीले समेत मुख्यमन्त्रीमा दाबी गरेपछि विषय पेचिलो बनेको थियो ।

प्रदेश सभामा रहेका ९३ सदस्यमध्ये बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एक सिट रहेको राप्रपाले समर्थन नगरेसम्म सत्तारुढ गठबन्धनका उम्मेदवार थापाको पक्षमा पनि बहुमत पुग्ने सम्भावना छैन ।