कसले बनाउँछ प्रधानमन्त्री ?

कसले बनाउँछ प्रधानमन्त्री ?

नेपालमा देशको प्रधानमन्त्री कसले बनाउँछ ? यो अहिले अत्यन्त चर्चाको विषय बनेको छ । नेपाली जनता जान्न चाहन्छन्, देशमा प्रधानमन्त्री बनाउने काम कसले गर्छ ? हामीलाई लागेको थियो, प्रधानमन्त्री बनाउने काम संसदले गर्छ । तर अहिले आएर थाहा भयो, प्रधानमन्त्री संसदले बनाउने होइन । यो बनाउने ठाउँ त अन्तै रहेछ ।

पहिले–पहिले भए देशमा राजा थिए । प्रधानमन्त्री बनाउने काम पनि राजाले नै गर्थे । अहिले देशमा राजा छैनन् । तैपनि प्रधानमन्त्रीहरू बनाउने काम भने मज्जाले भइरहेको छ । त कसले गरिरहेछ यो प्रधानमन्त्री बनाउने काम ?

यसै क्रममा एउटा नयाँ नाम सार्वजनिक भएको छ– प्रितम सिंह । प्रधानमन्त्री बनाउने काम यही प्रितम सिंहले गर्छ । प्रितम सिंहको नाम आएपछि मानिसहरू चकित भएका छन् । प्रितम सिंहले गाडीको इञ्जिन बनाएको मात्रै मानिसलाई थाहा छ । तर, अहिले आएर थाहा भयो, प्रितम सिंहले गाडीको इञ्जिन मात्र होइन, देशको प्रधानमन्त्री पनि बनाउँदो रहेछ । नेपाली जनताको लागि यो नौलो सूचना हो । यो सूचना पाएर जनता पुलकित भएका छन् । अहिले त म सुनिरहेछु, प्रितम सिंहको घरमा बिहान–बिहान ससरिकाल पाजी भन्न नेताहरूको भीडै लाग्ने गर्छ रे ! 
 

टिप्पणीहरू