केटी जिस्क्याएको निहुँमा कुटेर हत्या
टेलिफोनमा १६ वर्षीया किशोरीलाई जिस्क्याएको आरोपमा पर्सामा एक युवकको कुटपिटबाट हत्या भएको छ ।
पर्सागढी नगरपालिका–४, वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको हो । उक्त कुटपिटमा संलग्न रहेको अभियोगमा स्थानीय २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
केटी जिस्क्याएको निहुँमा वकिल महमद अन्सारी र अली महमद अन्सारीबीच शनिबार राति पहिले झगडा र पछि कुटपिट भएको थियो । सो क्रममा अबतुल्लाह मिया अन्सारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगञ्ज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू