पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको ज्यान गयो, पाँच दर्जन सिकिस्त

पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको ज्यान गयो, पाँच दर्जन सिकिस्त
सुन्नुहोस्

रुसको एक पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिणी क्षेत्र दागेस्तानमा रहेको एउटा पेट्रोल पम्पमा भएको आगलागीमा तीन बालबालिकासहित २७ जनाको ज्यान गएको हो । 

हिजो राति मखचकलाको राजमार्गमा रहेको सवारीसाधन मर्मत पसलबाट शुरु भएको आगलागी नजिकैको पेट्रोल पम्पमा फैलिएर विस्फोट हुँदा धनजनको ठूलो क्षेती भएको उद्धारकर्मीहरुले बताएका छन् । ६ लाखभन्दा बढी मानिसहरूको सहर मखाचकला दागेस्तानको राजधानी हो । आगलागीको भिडियो फुटेजमा एक तले भवनमा आगलागी भएको देखाइएको छ ।  

रुसको आपतकालीन मन्त्रालयले आज बिहान आगो निभाइएको जनाएको छ । घाइतेसमध्ये १३ जना बालबालिका छन् । १० जनाको अवस्था गम्भीर रहेकोे रुसी उपस्वास्थ्यमन्त्री भ्लादिमिर फिसेन्कोले बताएका छन् । गम्भीर घाइतेहरुलाई उद्धार गर्न मखचकलामा विमान पठाइएको थियो ।

रुसी आपतकालीन सेवाले जारी गरेको विज्ञप्तिमा ६०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो ।
 

टिप्पणीहरू