चार्टर्ड विमान सडकमा खस्यो, १० जनाको ज्यान गयो

चार्टर्ड विमान सडकमा खस्यो, १० जनाको ज्यान गयो फाेटाे स्राेत : सीएनएन
सुन्नुहोस्

मलेसियामा भएको चार्टर्ड विमान दुर्घटनामा १० जनाको ज्यान गएको छ ।

राजधानी क्वालालम्पुरको लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरतर्फ उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज साह विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

विमानमा छ यात्रु र चालक दलका दुई सदस्य थिए । विमान सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किएको थियो । यात्रु, चालक र कारमा रहेका दुई जना गरी १० जनाको मृत्यु भएको जनाइएको छ ।

टिप्पणीहरू