नाग पञ्चमीको दिन कर्णालीमा सार्वजनिक बिदा

नाग पञ्चमीको दिन कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना, शहिद दिवस र नाग पञ्चमीको अवसरमा प्रदेशभर बिदा घोषणा गरिएको हो । 

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज सूचना जारी गर्दै २०७९ चैत २९ गतेको निर्णयानुसार बिदा दिन लागेको जानकारी गराएको छ । सो दिन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक संस्थान बन्द रहने मन्त्रालयले जनाएको छ । 

‘मिति २०८० भदौ ४ गते सोमबार प्रदेश स्थापना तथा शहिद दिवस र नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थाहरुमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७९–१२–२९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ’, सार्वजनिक सूचनामा भनिएको छ ।
 

टिप्पणीहरू